ताजा समाचार

प्रधानमन्त्री बुधबारसम्म डिस्चार्ज हुने तर आरामको आवश्यक

काठमाडाैँ ।  मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अब डिस्चार्ज गर्न सकिने एक चिकित्सकले  बताए।

‘प्रधानमन्त्री ज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ। उहाँलाई मंगलबार वा बुधबार हामी डिस्चार्ज गर्छौं।’

प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले थप भने,’प्रधानमन्त्री हिँड्डुल गर्न सक्ने र आफैंले खानेकुरा खान सक्ने भइसक्नुभएको छ। त्यसैले अब डिस्चार्जको तयारी गर्दा हुन्छ।’

अस्पतालबाट डिस्चार्ज नभएसम्म कसैलाई पनि भेट्न नदिने चिकित्सकहरूले बताएका छन्।

प्रधानमन्त्री ओलीले पनि चिकित्सकले भने अनुसार नै डिस्चार्ज हुने बताएका छन्।

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलालाई पनि सँगै डिस्चार्ज गर्ने तयारी भइरहेको ती चिकित्सकले बताए।

मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ मा प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए। उनको भोलिपल्ट दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org