ताजा समाचार

अस्पतालबाट हात हल्लाउँदै बालुवाटार फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण गरेको ११औँ दिनमा प्रधानमन्त्री ओली शुक्रबार साँझ साढे ६ बजे डिस्चार्ज भएका हुन्।
प्रधानमन्त्रीलाई अस्पतालभित्रबाट ह्विलचेयरमा बाहिर निकालिएको थियो। बाहिर आएपछि भने उनी उभिएर हात हल्लाउँदै गाडीमा चढेर विदा भए।

प्रधानमन्त्री डिस्चार्जको समयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायत नेकपाका नेता तथा कार्यकर्ताहरु अस्पताल पुगेका थिए।

प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्यलाभ गरिसकेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जनाएका छन्।

प्रधामन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। उनको बुधबार नै डिस्चार्ज भएको थियो।

प्रधानमन्त्री ओलीको पहिलोपटक १२ वर्ष अगाडि भारतको एपोल अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org