ताजा समाचार

‘कोरोना सक्रमणबाट नागरिकलाई बचाउन सबैसँग सहकार्य गछौँ’: विप्लव

सरकारले कोरोनाका कारण मृत्यु भएकाको विवरण लुकायो

काठमाडाैँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट  पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट नेपालमा फैलिन नदिन आफ्नो पार्टी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएका छन् । उनले विज्ञप्तिमा सरकारलाई १६ बुँदे सुझाव दिँदै आफ्नो पार्टीले गर्ने ६ बुँदे कामको सूची पनि जारी गरेका छन् । उनले विज्ञप्तिमा कोरोना भाइरसको सक्रमण फैँलदा पनि सरकारीस्तरबाट पहल नलिइएको, समयमा नै एयरपोर्ट र सीमामा चेकजाँचको व्यवस्था नगर्दा समस्या आएको आरोप लगाएका छन् ।

‘कोरोनाको सक्रमणसँगै आवश्यक औजार, उपकरण खरिदप्रक्रिया सुरु गरियो तर यो काम समयमा भएन र गरिएको पहलमा पनि कमिसन, घुसखोरी, नाफाखोरी गर्न खोजियो’ उनले भनेका छन्, ‘निजी अस्पतालले बिमारीको उपचार गर्न अस्वीकार गरेको र केहिको ज्यान गएकाले सरकारको सूचना प्रणालीमा विश्वसनीयता देखिएन । बाहिर भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेपनि सरकार स्व्यं भ्रष्टाचारमा लिप्त देखियो ।’

‘चीनको वुहान शहरमा यो रोग देखिएपछि विश्वका तमाम देशहरूसहित नेपालमा पनि यसको रोकथामका लागि पहल गर्न सकिने सम्भावना थियो तर पूँजीवादी व्यवस्था भएका देशहरूको चरम लापरबाही, जनअनुत्तरदायी, अहंकारी, मुनाफावादी प्रवृतिका कारण त्यहाँका जनताले ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था पैदा भयो’ विज्ञप्तीमा भनेका छन् ‘साथै नेपालको सामाजिक दलाल पूँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलालली प्रवृतिका कारण प्रयाप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौँ नेपाली नागरिकले विविध खालका समस्या भोग्नु परिरहेको छ ।’

विज्ञप्तिमा अन्तर्राष्ट्रिय उडान नरोक्दा र परीक्षण नगर्दा अहिलेको समस्या आएको उल्लेख छ । विदेशमा रहेका नेपाली नागरिकलाई देशमा  ल्याउने सरकारी पहलकदमी शून्य भएको आरोप विज्ञप्तिमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org