ताजा समाचार

केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दल विभाजनको सङ्ख्या मिलाउनेगरी अध्यादेश जारी गर्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

संविधानको मौजुदा व्यवस्थामा पार्टी विभाजन गर्न संसदीय दलमा र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ । अहिले जारी गर्न लागिएको व्यवस्थामा केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत नपुर्‍याए पनि हुने प्रावधान राखिएको पोखरेलले बताए ।“र को सट्टा वा राखिएको छ,” उनले भने ।

यसको अर्थ केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याए नयाँ दल दर्ता गर्न बाटो खुला हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org