ताजा समाचार

सांसद ‘अपहरण’को जाहेरी लिन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं । ‘अपहरण’ मा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको छ।

प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार कानुन अनुसा। जाहेरी दर्ता गर्ने अवस्थामा भएमा प्रक्रिया अघि बढाउन मातहतलाई निर्देशन दिइएको बताए। ‘अहपरण जस्तो गम्भीर कुरामा अनुसन्धान नगर्ने कुरै हुँदैन। त्यो मात्रै होइन, अरु केसमा पनि मातहतले कानुन अनुसार काम गरिरहेका हुन्छन्’, शाहीले भने, ‘तर जाहेरी दर्ता गर्ने नगर्ने अधिकार स्थानीय अधिकारीकै हुन्छ।

स्थानीय अधिकारीले दर्ता गर्न उचित ठानेमा कारवाही अगाडि बढ्छ।  आफ्ना सांसद डा. यादवलाई ‘राजनीतिक अपहरण’ गरेको भन्दै निर्वाचन आयोगमा दर्ता हुन बाँकी जनता समाजवादी पार्टीका नेता आइतवार महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए।

गत बुधबार समाजावादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता सहमतिपछि बनेको जनता समाजवादी पार्टीका नेताहरु टेकुस्थित काठमाडौं प्रहरी परिसरमा पुगेका थिए।  डा. यादवले नेकपाका सांसद महेश बस्‍नेत, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सांसद किसानसिंह श्रेष्ठविरुद्ध उजुरी दिन खोजे पनि परिसरले महोत्तरी जानु भनेर फर्काइदिएको थियो।

टेकु परिसर राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहितका नेताहरु पुगेका थिए। जनता समाजवादी पार्टीका नेताहरुसहित पुगेका डा. यादवले आफ्नो ‘राजनीतिक अपहरण’ विरुद्ध किटानी जाहेरी दिन खोजे पनि प्रहरीले घटना काठमाडौंको नभएको भन्दै फर्काइदिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org