ताजा समाचार

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं। नेपालमा थप २ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेका १–१ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपेन्देहीका २५ वर्षीय युवक र बाँके नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org