नेपालमा एकै दिन थपिए १० जना कोरोना संक्रमित
काठमाडौ । नेपालमा थप १० जनामा नोभेल कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
“वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ,”उनले भने,“ आज भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।”
विरगञ्जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परिक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्जमा कोरोना संक्रमण देखिनेमा पाँच पुरुष र चार महिला गरी ७ देखि ५८ वर्षसम्मका रहेका छन् ।
नेपालगन्जमा कोरोना संक्रमितहरुलाई कोरोना अस्थायी विशेष अस्पताल ल्याइने भएको छ ।
रौतहटका कोरोना संक्रमित निको भएर घर फर्किएका १९ वर्षका पुरुषमा पुन: लक्ष्ण देखिएपछि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर पीसीआर विधिबाट १३ हजार ४१४ वटा र आरडीटी विधिबाट ४९ हजार ६८८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज सातै प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा ७७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा चार जना र उपत्यकका बाहिर ७३ रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
आज क्वारेन्टाइनमा २१ हजार ९५१ जना जना रहेका मन्त्रालयले जनाएको छ । मन्त्रालयको कल सेन्टर ११३३ र ११५५ एक हजार ९१९ कल सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...