ताजा समाचार

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडाैँ । बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ।

आज (मंगलबार) नेपालगन्जको प्रयोगशालामागरिएको परीक्षणको नतिजाले थप ७ जनामा काेराेना संक्रमण रहेकाे देखिएकाे मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका हुन्।

नेपालगन्ज ८ का चार महिला र तीन पुरुषमा काेराेना संक्रमण रहेकाे पुष्टि भएकाे उनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org