प्रदेश ५ का दुई सांसदमा आरडिटीबाट देखियो कोरोना
काठमाडाैँ । प्रदेश ५ का दुई सांसदमा आरडिटीबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।
सामाजिक विकास मन्त्रालयले मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान)को प्राविधिक सहयोगमा बिहीबार प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्री, प्रदेश सांसद, कर्मचारी, सुरक्षा निकाय तथा पत्रकारहरुमा आरडिटी परीक्षण गरेको थियो।
शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनअघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको रिपोर्ट पाजिटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डमा कोरोना पोजेटिभ देखिएको हो। ४० जना पत्रकारमा परीक्षण गरिएकामा भने सबैको रिपोर्ट नेगेटिभ आएको मेलानका प्रदेश ५ उपाध्यक्ष मन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबार ४ सय जनामा आरडिटी गरिएको छ। पोजिटिभ देखिएकाहरुलाई क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्न स्वाबसमेत संकलन गरिएको छ। प्रदेश ५ को बजेट अधिवेशन भोलि दिउँसो एक बजेका लागि आह्वान गरिएको छ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी, प्रदेश प्रमुखलाई बुझाए बहुमत सदस्यको हस्ताक्षर
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुखको कार्यलयमा बुझाएका...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...