ताजा समाचार

काठमाडाैँमा बस्दै आएका रुकुमका ७१ घरपरिवारलाई सांसद रोकाको पहलमा राहात वितरण

काठमाडाैं । काठमाडाैँको किर्तिपूरस्थित मच्छेगाँउ र चन्द्रागिरीको मातातिर्थमा रुकुमबाट आइ ज्यालामदूरी गर्ने ७१ घरपरिवारलाई चामल राहत वितरण गरिएको छ ।

रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य कमला रोकाको पहलमा ७१ परिवारलाई राहत वितरण गरिएको हो ।

चन्द्रागिरी हिल्स प्रालीका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएको सांसद रोकाले जनाएकी छन् । यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठले ६/७ बोरा चामल र सामाजिक अभियान्ता तथा युवा नेता प्रदीप परियारले १० बोरा चामल उपलब्ध गराएको उनले जनाएकी छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरिराखेको छ । लकडाउनको आज ७९ औं दिन पुगिसकेपनि सरकारले राहत उपलब्ध नगराएपछि चरम संकटमा परेका जनतालाई सांसद रोकाले विभिन्न व्यक्ति तथा निकायसँग सहकार्य गरेर राहत उपलब्ध गराउदै आएकी छन् ।

सांसद रोकाले आफ्ना निर्वाचन क्षेत्रका जनतालाई राहत वितरण गर्दै आएकी छन् । उनले पाँचाै चरणको राहत उपलब्ध गराएको भन्दै यसरी सकेसम्म जनतालाई सहयोग गरिरहने र भोकले मर्न नदिने प्रतिबद्दता समेत व्यक्त गरेकी छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org