योग दिवसमा प्रधानमन्त्रीको असन्तुष्टि– ‘महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाए’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएकोभन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
औषधिको रुपमा बेसारलगायत सामग्री खानेकुराको रुपमा पूर्खाहरुले प्रयोग गर्दै आएको उनले दोहोर्याए ।
विश्व योग दिवसको अवसारमा आइतबार बिहान भर्चुअल कार्यक्रममा राष्ट्रिय योग अभ्यासक्रम (प्रोटोकल) पुस्तिका सार्वजनिक गर्दै उनले केही विद्धानहरुले पूर्वजको ज्ञानलाई मजाक बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘आहारा, व्यायम र आरामको सन्तुलन मिलाए मात्र स्वस्थ्य रहन सकिन्छ,’ उनले भने, ‘मैले बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ भन्दा केही विद्धानले बेसार अदुवालाई मजाक बनाए ।’
पूर्वजहरुले औषधिको रुपमा भान्सामा ती खानेकुराको प्रयोग गरेको उनले प्रष्टाए । ‘मेथी किन पड्काएको ? सब्जीमा बेसार किन हालेको ? भनेर ती विद्धानले भान्सा तयार गर्नेलाई सोधुन्, त्यसले शरीरको प्रतिरोधी क्षमता बढाउँछ ।’ त्यसको महत्व नबुझेर पुर्खाको समेत अपमान गरिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आहार, व्यायम र आरामको सन्तुलन मिलाउन सबैलाई आग्रह समेत गरे । ‘विरुवालाई पानी चाहिन्छ, धेरै पानी भयो भने विरुवा पनि राम्रो हुँदैन,’ उनले भने । शारीरिक र मानसिक हिसाबले सचेत र सबल रहन पहिले स्वस्थ्य रहनुपर्ने उनले जनाए । ‘प्राचीनकालदेखि योग र आयुर्वेद नेपाली समाजमा रहेको छ,’ उनले भने, ‘कस्तो बेला कुन प्रकारको योग आवश्यक हुन्छ भनेर गुरुहरुबाट सिक्नुपर्छ ।’ उनले सबै उमेरका जुनसुकै व्यक्तिलाई योगको आवश्यक पर्ने जनाए । सरकारले स्वस्थ्य र निरोगी नेपाल बनाउने उनले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग अभ्यास क्रमको पुस्तिका तयार पारेको हो । छैठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री ओलीले पुस्तिका सार्वजनिक गरेका हुन् । पुस्तिकामा योग गर्ने विधि र तरिकाहरु उल्लेख रहेको छ । कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र योग प्रशिक्षकहरु सहभागी थिए ।
हालै राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले कोरोनासँग लड्न बेसारको महत्वबारे बोलेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर सामाजिक सन्जालमा धेरैले ठट्टा गरेका थिए ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












