ताजा समाचार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान भेटवार्ता भएको छ। नेकपाको स्थायी कमिटी बैठक चलिरहेकाे बेलामा प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। राष्टपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल भएकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराजअधिकारीले जानकारी दिए।
नेकपाकाे जारी स्थायी कमिटी बैठकमा नेपाल भारत सीमा समस्याकाे बिषयमा छलफल चलिरहेकाे छ। तर, प्रधानमन्त्री ओलीले बालुवाटारमा भएकाे बैठक छलिरहेका छन्।

प्रधानमन्त्री ओलीले नेपालले नयाँ नक्सा जारी गरेपछि आफूलाइ पदबाट हटाउने रणनीति भइरहेकाे अभिव्यक्ति दिएका थिए। तर, बैठकमा नेताहरूले सिमा समस्या समाधानका लागि तत्काल भारतसँग वार्ता बस्नुपर्ने माग गरिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org