ताजा समाचार

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

बालुवाटारमा पार्टीको आन्तरिक छलफलबाट उठेर प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।  बिहानमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई भेटेकोमा प्रचण्ड पनि छुट्टै भेट्न पुगेका हुन् ।

राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेसँगै असन्तुष्ट बनेका प्रचण्डले यस विषयमा कुरा गर्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org