ताजा समाचार

स्थायी कमिटी बुधबारसम्म स्थगित गरेर ओली–प्रचण्ड वान टु वान वार्तामा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ ।

बिहीबारदेखि रोकिएको बैठक असार २४ गते बुधबारसम्म स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

स्थायी कमिटी बैठक रोकिएपछि अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । केहीबेरपछि सुरु हुने बैठकमा दुई अध्यक्षबीच सहमतिको साझा विन्दु खोजी गरिने थापाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org