ताजा समाचार

नेकपा अध्यक्षद्वयको छलफल सकियो

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा करीब डेढ घण्टा दुई अध्यक्षबीच ‘वान एण्ड वान’ भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उनीहरूबीच छलफललाई निरन्तरता दिने विषयमा कुरा भएको छ।

नेकपाभित्र अन्तरसंघर्ष चुलिएपछि दुई अध्यक्षबीच निरन्तर भेटवार्ता भइरहेको छ। आजको छलफल सकारात्मक भएको बताइएको छ।हिजोको भेटवार्तामा दोस्रो तहका नेताहरू सहभागी भएपनि आज भने दुई अध्यक्ष मात्र बसेका थिए।

दुई अध्यक्षबीच विवाद समाधानका लागि छलफल जारी रहेकाले आजका लागि तय नेकपा स्थायी कमिटी बैठक पर्सि २४ असारसम्मका लागि स्थगित गरिएको छ। त्यसअघि अध्यक्षद्वयबीच पुनः छलफल हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org