ताजा समाचार

मन्त्रिपरिषद बैठक बस्दैः प्रहरी महानिरीक्षक नियुक्ति गर्ने

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ।

मंगलबार  आज ४ बजे बस्ने बैठकमा नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनोट गर्ने छ। हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन्।

उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक(डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउनेछन्।

नेकपाको विवादका कारण महानिरीक्षक कसलाई बनाउने भन्ने विवाद छ।  नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन्। दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन्।   प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org