ताजा समाचार

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीचको ‘वान टु वान’ चार बजे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि भेटवार्ता हुने भएको छ ।

दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच भेटवार्ता हुने बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीको स्थायी कमिटी बैठक पटक पटक स्थगित गरेर वार्तामा जोड दिएका अध्यक्षद्वयले आजको छलफलमा एजेण्डागत सहमतिको खोजी गर्ने सचिवालयका एक सदस्यले जानकारी दिए ।

मदन जयन्तीको दिन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा आफ्नै पार्टीका नेताहरु लागेको आरोप लगाएका थिए । त्यस लगत्तै स्थायी कमिटीका ३० जना सदस्यले ओलीले पार्टी र सरकार दुवै छाड्नुपर्ने माग गरेका थिए ।

त्यसपछि विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले नेकपा स्थायी कमिटी बैठक नै बहिष्कार गरेका थिए । पार्टी विभाजनको अवस्थामा पुगेपछि झण्डै एकहप्तादेखि बैठक बस्न सकेको छैन । अध्यक्षद्वयबीच हरेक दिन वार्ता भएपनि प्रगति हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org