पछिल्लो साता घट्यो संक्रमित संख्या, आज थपिए ११८ जना
काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय १८ जना संक्रमित थपिएका छन्।
देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। आज काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो। आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । शुक्रबार पिसिआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ। आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए।
देशभरका क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन्। विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अस्ति बुधबार देशभर २ सय ५५ र हिजो बिहीबार १०८ जना संक्रमित थपिएका थिए। आज शुक्रबार देशभरबाट १ सय २० जनाले कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ जना छन्।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...