ताजा समाचार

प्यूठानमा ट्याक्टर दुर्घटना: मृतक सातै जनाको पहिचान खुल्यो

काठमाडौं । प्यूठानमा ट्याक्टर दुर्घटनाबाट मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ।

​ प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमाले स्थित भिंगृ–स्वर्गद्वारी सडक खण्डमामा भएको दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको हो।  दुर्घटनामा मृत्यु हुने सबै  स्वर्गद्वारी नगरपालिका–२ धरमपानीमा निर्माण भएको सडकमा काम गर्ने कामदार रहेको प्यूठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी दिए।

मृत्यु हुनेमा  रोल्पा रुन्टिगढी  गाउँपालिका–५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षका रिम बहादुर बस्नेत, १९ वर्षका बिरेन्द्र बाठा मगर, १९ वर्षका थमन बाठा मगर, गोबर्धन बुढा मगर  र २५ वर्षका कबिराम बस्नेत  छन्।  यस्तै रोल्पाको त्रिवेणी गाउँपालकाका २५ वर्षीय ट्याक्टर चालक कमल कुँवर रहेको पौडेलले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org