ताजा समाचार

स्थायी कमिटी बैठकअघि बालुवाटारमा ओली-दाहाल संवाद

काठमाडाैँ । बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।

स्थायी कमिटी बैठकअघि ओली-दाहाल छलफलमा जुटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए। यसअघि बैठक ११ बजेका लागि बोलाइएको बैठक आजै १ बजे सम्मलाई सारिएको थियो।  मंगलबार बिहान आन्तरिक छलफल गरेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच अहिले छलफल भइरहेको हो। स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

पार्टीको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कयौँ पटक छलफल भएको छ। ओली-दाहाल भेटवार्ता सकिलगत्तै बैठक सुरु हुने थापाले बताए।  ओली र अध्यक्ष दाहालले आज बिहान आफूनिकट नेताहरुसँग छलफल गरेका थिए। अहिले देखिएको समस्यालाई निकास दिन ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, यसमा अध्यक्ष दाहालले सहमत हुन नसक्ने बताएका छन्।

ओली, दाहाल र वरिष्ठ नेता नेपालबीचको किचलोका कारण स्थायी कमिटी बैठक अघि बढेको छैन। विगत २७ दिनयता स्थायी कमिटी बैठक ८ पटक स्थगित भइसकेको छ। असार १० गते सुरु भएको बैठक नेताहरुको शक्ति संघर्षले अघि बढेको छैन। यसबीचमा विवादलाई निकास दिने नाममा शनिवार सचिवालय बैठक बसेको थियो। त्यस बैठकमा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।

त्यस प्रस्तावपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बिच्किएका छन्। ओलीको प्रस्तावमा आफू पनि असहमत रहेको जवाफ दाहालले नेपालालई दिएका छन्।  दाहालले तत्कालीन माओवादीका नेताहरुलाई बोलाएर यही सोमवार वैचिरिक विषय नमिली मंसिरमा महाधिवेशनमा हुन नसक्ने बताएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org