ताजा समाचार

प्रचण्डलाई राष्ट्रपतिकहाँ झुक्याएर लगिएको भन्ने विषयमा सत्यता छैन : प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति निवासमा झुक्याएर लगेको भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मंगलबार दिउँसो नेता श्रेष्ठले आफूहरुको अध्यक्ष झुक्किने खालको नभएको बताए ।
यसअघि सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास शीतल निवासमा गएका थिए ।

त्यसपछि दाहालको निवास खुमलटारमा बसेको स्थायी कमिटीका केही सदस्यहरुको अनौपचारिक बैठकमा आफू परिबन्धमा परेर राष्ट्रपति निवास पुगेको बताएका थिए । “झुक्याएर लैजाने खालको अध्यक्ष हुनुहुन्न,” श्रेष्ठले भने, “सत्य के हो भने उहाँ जानुभएको हो । झुक्याएर लगेको र गएको भन्ने होइन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org