ताजा समाचार

के म मंगोल हुँ ?

नेपालका केहि जनजातीहरुले आफुलाई मङ्गोल भन्ने गर्दछन र मङ्गोलहरु कै सन्तान पनि ठान्दछन ।

यति मात्रै नभएर मंगोलको नाममा मंगोल नेशनल अर्गनाइजेशन (MNO) जस्ता संगठनहरु पनि खोलिसकेका छन् । तर हामीसंग अनुहार मिल्ने गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक भएका चीन, जापान, कोरिया, बर्मा, थाइल्यण्ड भियतनाम आदि देशका जनताले आफुलाई मंगोल भन्दैनन् र ठान्दैनन् पनि १ त्यसैले कसैले भन्यो भन्दैमा त्यसैमा बिश्वास गर्नु भनेको कागले कान लग्यो भन्दा पहिले आफ्नो कान नछामी कागको पछि दगुर्नु सरह हुने भएकोले के म वास्तब मै मंगोल हुँ त ? भनेर मनमा जागेको तिब्र जिज्ञासालाई मेटाउन मंगोलहरुको बारेमा सोधखोज र अध्ययन अनुसन्धान गरेर प्राप्त गरेको जानकारीको आधारमा निस्केको निष्कर्ष यस प्रकार छ ।

मंगोल साम्राज्यको इतिहास

मंगोल साम्राज्यलाई विश्व इतिहास कै सबै भन्दा ठुलो साम्राज्य मानिन्छ । एकताका पूर्वमा कोरिया देखि लिएर पश्चिममा मध्य युरोप र अरब सागर सम्म फैलिएको बिशाल मंगोल साम्राज्य बिश्व इतिहासका चर्चित रोमन, पर्सियन र अलेक्जाण्डरको ग्रिक साम्राज्यहरु भन्दा पनि धेरै ठुलो थियो ।

यस बिशाल साम्राज्यको स्थापना चंगेज खानले (जसलाई अंग्रेजीमाGenghis khan भनेर पनि भनिन्छ)  ईशाको १३औ सताब्दीमा गरेका थिए । चंगेज खानको जन्म ईस्वी सम्बत ११६२ मा भएको थियो । उनको वास्तविक नाम तेमुजीन थियो । त्यो समयमा मंगोलिया आजको जस्तो एउटा सग्लो रास्ट्र नभई थुप्रै ससाना जातीय क्षेत्रमा विभाजित थियो जसमा तारतार, मेर्किट, केइरातेस, खामाग मंगोल, ओङ्गुद, नाइमान्स, दुघलात जस्ता जातीहरु (Tribes) प्रमुख थिए ।

जसमा तारतार, मेर्किट, खामाग मंगोल जस्ता जातीहरु अन्य जाती भन्दा शक्तिशाली भएकोले यिनीहरु बिचमा आपसी प्रतिद्वन्दता र दुश्मनी थियो, त्यसैले यिनीहरु एकआपसमा लडिरहन्थे ।

यहि मध्यको खामाग मंगोल जातीको एउटा खान (Tribe leader) येसुगेईको परिवारमा तेमुजीनको जन्म भएको थियो । त्यो समयमा कुनै जातीको मुखियालाई खान भनेर भनिन्थ्यो । येसुगेई खान एउटा शक्तिशाली जाती भित्रको खान मात्रै नभएर त्यस क्षेत्रको एउटा प्रभावशाली खान पनि थिए, त्यसैले खामाग मंगोलका कट्टर दुश्मन तारतारहरुले येसुगेई खानलाई छलपुर्वक बिष खुवाएर सन् ११७१ मा मारी दिए, जुन बेला तेमुजीन मात्रै ८ बर्षका थिए १ त्यस पछि तेमुजीनको दुखका दिनहरु शुरु भए ्र नाबालकलाई मार्न नपाइने मंगोलहरुको चलन अनुसार मात्रै तेमुजीन येसुगेईका दुश्मनहरुबाट जोगीए ।

त्यो समयमा मंगोलहरुले केटाकेटीको सानैमा मगनी गर्ने चलन अनुसार येसुगेईले पनि अर्को एउटा जातीको मुखियाको छोरी बोर्ते संग आफ्नो छोरा तेमुजीनको मगनी गरेका थिए जससंग तेमुजिनले युवा भए पछि बिवाह गरे । बोर्ते एकदमै सुन्दर युवती थिईन त्यसैले बिहे गरेर घर भित्र्याएको केहि समय मै मेर्किटहरुले तेमुजिन माथि हमला गरेर बोर्तेलाई खोसेर लगे । त्यो समयमा त्यसरी अर्काको स्वास्नी बलपूर्वक खोसेर लग्ने कुरा सामान्य थियो । तेमुजिनको आमालाई पनि येसुगेईले मेर्किटहरुबाट खोसेर बिहे गरेकोले मेर्किटहरुले त्यसको बदला तेमुजिनसंग लिएको ठानिन्छ ।

त्यस पछि तेमुजिनले आफ्ना साथी (मित) जामुखको सहयोगमा करिब ९ महिना पछि बोर्तेलाई मेर्किटहरुको चंगुलबाट निकालेर फिर्ता ल्याएका थिए जुन बेला बोर्ते गर्भवती थिईन, त्यसैले चंगेज खानको जेठा छोरा जोची वास्तबमा तेमुजिनको सन्तान थिए वा मेर्किटहरुको सन्तान थिए भनेर एउटा आशंका गरिन्छ । यी कारणहरुले गर्दा तेमुजिनको मेर्किट र तारतार जातीहरुसंग गहिरो दुश्मनी थियो । आफ्नो श्रीमतीलाई फिर्ता ल्याए पछि तेमुजिनले शुरुमा आफ्नो खामाग मंगोलहरुलाई एकीकृत र संगठित गरे, त्यस पछि आफ्ना मित जामुख खानसंग मिलेर तारतार र मेर्किटहरुलाई पराजित गरे ।

त्यस पछि अन्य जातिहरुलाई पनि पराजित गरेर अझै शक्तिशाली बने । यस पछि भने शक्तिको लडाईमा तेमुजिन र जामुख बीच वैमनस्यता उत्पन्न भई दुश्मनीमा परिणत भयो । जब जानुख खानले तेमुजिनको एकल नेतृत्वलाई स्वीकार गर्न मानेनन् तब दुवै बीच लामो लडाई चल्यो जसमा अन्तत तेमुजिन बिजयी भए । त्यसरी एकताकाको आफ्नो सहयोगी र मित जामुख खानलाई मारेर तेमुजिन सम्पूर्ण मंगोल जातीको एकल खान बन्न पुगे पछि सन् १२०६ मा उनलाई खानहरुको पनि खान भनेर चंगेज खानको उपाधि दिईयो जसको अर्थ संसारको शासक हुन्छ १ त्यस पछि कुनै बेलाका तेमुजिन चंगेज खानको नामले प्रसिद्ध भए । त्यस पछि पनि उनले आफ्नो राज्य विस्तारलाई रोकेनन १ दक्षिणमा चीन तर्फको उनको राज्य विस्तार अभियान त्यति सफल नभए पनि पश्चिम तिरको उनको अभियान भने सफल रह्यो । सन् १२२७ मा ६५ बर्षको उमेरमा उनको मृत्यु हुँदा उनले मध्य पश्चिम एशिया पुरै कब्जा गरेर एउटा बिशाल मंगोल साम्राज्यको स्थापना गरिसकेका थिए ।

उनि पछि मंगोल साम्राज्यको खान बनेका उनका माईला छोरा ओगेदेई खानको पालामा मंगोल सेनाले हंगेरी, बुल्गारिया, चेक राज्य, क्रोएसिया, अस्ट्रिया, पोल्याण्ड, रुस जस्ता पूर्वी युरोपका देशहरु माथी कब्जा गर्यो । त्यस पछि मंगोल सेनाले मध्य युरोपका देशहरु माथी पनि आक्रमण गर्ने योजना बनाईरहेका बेला सन् १२४२ मा अचानक ओगेदेइ खानको मृत्यु हुन गयो । ओगेदेई खानको अन्त्यस्थी कार्यक्रम र नयाँ खानको चयनको लागि मंगोल सेनाका सेनापतिहरु मंगोलिया जानु परेकोले तत्कालको लागि युरोप माथीको मंगोल आक्रमण स्थगित हुन पुग्यो । त्यस पछि विविध कारणहरुले गर्दा मंगोलहरु पहिलेको जस्तो आक्रामक रुपमा फर्केर आएनन् त्यसैले भाग्यले मात्रै बाँकीको युरोप मंगोल आक्रमणबाट जोगिएको हो भन्ने इतिहासविदहरुको दावी छ ।

ओगेदेई पछि उनका छोरा गुयुक खान तेस्रो मंगोल खान भए तर उनको अल्पायु मै निधन भएकोले २ बर्ष पनि शासन गर्न पाएनन । गुयुक खानको मृत्यु पछि चंगेज खानका नाती ९कान्छा छोरा तोलुई खान तर्फका० मोङ्के खान चौथौ मंगोल खान भए १ मोङ्के खानले युरोप तिर भन्दा चीन र अरब तिरको राज्य बिस्तारलाई प्राथमिकता दिएकाले युरोप तिरको मंगोल राज्य विस्तार स्थगित भएता पनि उनका भाईहरु कुब्लाई र हुलागुको नेतृत्वमा गएको मंगोल सेनाले चीन र अरब जगत माथी कब्जा गरे । जसमा हुलागुको नेतृत्वमा मंगोलहरुले इजिप्ट बाहेक सम्पूर्ण अरब जगत माथी नै कब्जा गरेको थिए र हुलागुले बगदादलाई ध्वस्त पारेर ईस्लाम कै इतिहासमा पहिलो पटक ईस्लाम धर्मलाई खालिफा बिहिन बनाएका थिए भने कुब्लाईले चीनको जीन वंशको साम्राज्य माथी बिजय प्राप्त गरी चीनलाई मंगोल साम्राज्यमा मिलाएका थिए ।

यस बिचमा मंगोलहरुले अफगानिस्तान हुदैँ भारत माथी पनि आक्रमण गरेका थिए तर हालको पाकिस्तान भन्दा अगाडी बढ्न सकेनन । यसै समयमा एउटा युद्ध अभियानको दौरानमा सन् १२५९ मा अचानक मोङ्के खानको निधन भएकोले उनले आफ्नो उत्तराधिकारी घोषणा गर्न पाएनन् । यस पछि मंगोल साम्राज्यको खान बन्नको लागि चंगेज खानका नातीहरु बिचमा चलेको आन्तरिक सत्ता संघर्षले मंगोलहरु बीच मै गृह युद्ध शुरु भयो । यहिबाट नै चंगेज खानले खडा गरेको बिशाल मंगोल साम्राज्यको पतन पनि शुरु भयो । अन्तत मंगोल संघिय साम्राज्यको अधिनमा रहने गरेर चंगेज खानका नातीहरुले बिशाल मंगोल साम्राज्यलाई ४ स्वायत्व क्षेत्रमा बिभाजन गरेर त्यहाँको खान बने । जसमा युरोप तिरको क्षेत्रलाई न्यमिभल Golden Horde, अरब क्षेत्रलाईIlkhanate, मंगोलिया र मध्य एशिया क्षेत्रलाई Chagatai Khanate र चीन, मंचुरिया, कोरिया क्षेत्रलाई Yuan Dynasty भनियो ।

जसमा कुब्लाई खान Yuan Dynasty को शासक बने भने अरब क्षेत्रको शासकमा उनका भाई हुलागु खान बने, बाकी क्षेत्रमा चंगेज खानका अन्य छोराबाटका नातीहरु शासक बने १ यसका साथै मंगोल साम्राज्यको बिस्तारमा पनि रोक लाग्न पुग्यो । कालान्तरमा कुब्लाई खान बुद्ध धर्म तिर ढल्किए भने अन्य क्षेत्रका शासक र उनका अनुयायीहरु मुसलमान बने । यहि खान उपाधिलाई कतिपय मुस्लिम समुदायहरुले पछि आफ्नो जातको नाममा पनि गाँसेर लेख्न थाले । यसका साथै चीन बाहेक अन्य क्षेत्रका राज्यहरु मंगोलहरुको अधिनबाट बिस्तारै टुक्रदै र स्वतन्त्र हुदै गए ।

सन् १३६८ मा मंगोलहरुलाई चीनबाट लखेटेर बेइजिङ्गमा चिनिया मिङ्ग बंशको स्थापना भयो भने सन् १३८० मा रसियनहरुले न्यमिभल Golden Horde क्षेत्रलाई पनि मंगोलहरुबाट मुक्त गराए र यसै बर्ष मंगोलहरुको राजधानीको रुपमा रहेको काराकोरमलाई चिनियाहरुले आक्रमण गरेर ध्वस्त बनाए । त्यसकारण जसरी इतिहासको छोटो अवधि मै बिशाल मंगोल साम्राज्यको स्थापना भएको थियो त्यसै गरी छोटो समयमै बिश्व इतिहासकै सबै भन्दा बिशाल मंगोल साम्राज्य एक सताब्दी पनि टिक्न नसकेर समाप्त भयो । त्यस पछि सन् १६३६ मा मंचुहरुले मंगोलहरु माथि बिजय प्राप्त गरेर मंगोल साम्राज्यको बाँकि रहेको निशानलाई पनि मेटाई दिए जुन पछि गएर मंगोलिया नामक देशको रुपमा स्थापित भयो ।

मंगोलहरुको बिशेषता

मंगोलहरु एकदमै निडर स्वभावका र घुडसवारीमा माहिर हुन्थे । यिनीहरु तिब्र गतिमा कुदिरहेको घोडाबाट धनुषबाण चलाउनमा निपुण हुन्थे र यहि नै यिनीहरुको युद्धकलाको बिशेषता थियो जुन त्यसबेला अरुसंग थिएन । जसको माध्यमले उनीहरु आवश्यक परेको समयमा एक ठाउँबाट अर्को ठाउँमा अरु भन्दा धेरै चाँडो पुग्न सक्दथे भने कुदिरहेको घोडाबाट शत्रु माथी अचुक बाणहरुको वर्षा पनि गर्न सक्दथे । यहि युद्ध कौशलताले गर्दा नै यिनीहरुलाई हरेक युद्धमा बिजय गराउन मुख्य भूमिका खेलेको थियो ।

तर यिनीहरु एकदमै निर्दयी र क्रुर स्वभावका पनि थिए बिशेष गरेर आफ्ना शत्रु प्रति १ कुनै राज्य वा शहर माथी आक्रमण गर्दा आफ्नो तर्फको क्षतिलाई बचाउनको लागि सकेसम्म आत्मसमर्पण गर्न आह्वान गर्दथे तर आत्मसमर्पण गरिसके पछि लुटमार गरेर शहरलाई लुट्दथे भने महिलाहरु माथी निर्ममता पुर्वक बलात्कार गर्दथे । यदि कसैले आत्मसमर्पण नगरी प्रतिकार गरेमा विजय पश्चात त्यस शहरलाई ध्वस्त पारी र त्यहाँका जनताको नरसंहार गर्दथे साथै युद्ध मैदान छोडेर भाग्नेहरुलाई समेत घेराबन्दी गरी गरी मार्ने गर्दथे । गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक भएका यस्ता क्रुर र जंगली स्वभाव भएका मंगोल नामका लडाकाहरुलाई युरोपियनहरुले पहिले कहिल्यै देखका थिएनन् ।

त्यसैले मंगोलहरुको नामले मात्र पनि त्यसबेलाका युरोपियनहरु एकदमै त्रसित र आतंकित थिए । यहि गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक नै युरोपियन जगतमा पूर्वी एशियनहरुको पहिलो परिचय थियो र यसै कारणले गर्दा नै गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने मानव जातीलाई त्यसबेलाका युरोपियनहरुले मंगोल नामले परिभाषित गरे, जुन पछि गएर गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने मानव जातीलाई चिनाउने एउटा Tag नै बन्न पुग्यो । किनकि मंगोल आक्रमण भन्दा पहिले युरोपियनहरुले पूर्वी एशियनहरुलाई देखेका थिएनन् ।

त्यसबेला युरोप र एशिया बिचमा रेशम र मसला जस्ता कुराको ब्यापार चलेता पनि त्यो ब्यापार युरोपियनहरु एशियामा आएर वा एशियनहरु युरोपमा गएर गर्ने नभई एक ठाउँको ब्यापारीबाट अर्को ठाउँको ब्यापारीमा सामानको हस्तान्तरण हुँदै एशियाली रेशमका कपडा र मसलाहरु युरोपमा पुग्ने गर्दथ्यो । त्यसैले चीनमा बनेको रेशमी कपडा युरोपमा पुग्दा सुन भन्दा पनि महँगो हुने गर्दथ्यो । त्यस्तै गरेर पुर्वको मसला पनि युरोप पुग्दा एकदमै महँगो हुन पुदथ्यो जुन त्यहाँका एकदमै धनिहरुले मात्रै किनेर खान हैसियत राख्दथे । त्यस समयमा पूर्वी एशियाका मुलुकलाई Orientअर्थात् पूर्वी मुलुक र यस क्षेत्र सित सम्बन्धित कुरालाई orientalअर्थात् पूर्वी देशीय भनेर भनिन्थ्यो । मंगोलहरुको आक्रमण र मार्कोपोलोको चीन भ्रमण पछि मात्रै युरोपेलीहरुले पूर्वीय देश र त्यहाँका मानिसहरुको बारेमा राम्रोसंग बुझ्न पाएका थिए ।

पूर्वीय देश पुग्ने पहिलो युरोपेली इटालीका मार्कोपोलो थिए । जसले सन् १२७०(९५ का बिचमा पूर्वीय देशहरुको यात्रा गरेका थिए र उनि चीनको राजधानी बेइजिङ्ग सम्म पुगेर फर्केका थिए । त्यस बेला चीनको सम्राट भएर बसेका चंगेज खानको नाती कुब्लाई खानले मार्कोपोलोलाई बेइजिङ्गमा स्वागत गरेर बडो सम्मानका साथ अतिथी बनाएर राखेका थिए ।

तथ्य र निष्कर्ष

मंगोलहरुको यस ईतिहास र घटनाक्रमबाट के बुझिन्छ भने

१, चंगेज खानले १३औ सताब्दीमा मंगोल साम्राज्यको स्थापना गर्नु पुर्व ूखामाग मंगोलू भन्ने एउटा सानो जातीय समुदाय बाहेक मेर्किट, तारतार, ओङ्गुद जस्ता अन्य जातीय समुदायहरुको पनि त्यस क्षेत्रमा उपस्थिती रहेको जनाउदछ । त्यस क्षेत्रको एकीकरण पश्चात मात्रै चंगेज खानले आफ्नो जातीय समुदायको नाममा आफ्नो राज्यको नाम मंगोल साम्राज्य भनेर परिचित गराएको बुझिन्छ । त्यसैले मंगोल साम्राज्य चंगेज खानको खामाग मंगोलहरुले मात्रै बनेको नभएर त्यहाँ मेर्किट, तारतार जस्ता अन्य जातीहरु पनि रहेको र केवल चंगेज खानको जातीय Tag ले मात्रै यसको नाम मंगोल हुन गएको भन्ने प्रमाणित हुन्छ । त्यसकारण मंगोल नश्ल नै सम्पूर्ण मंगोलहरुको मूल नश्ल हो भन्न मिल्दैन ।

२, यिनै मंगोलहरुले युरोपमा आक्रमण गरेकाले गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जतिलाई त्यसबेलाका युरोपियनहरुले मंगोल भनेर परिभाषित गरेका थिए । यदि यिनै मंगोलहरुको ठाउँमा चिनियाहरुले युरोपमा आक्रमण गरेको भए त्यसबेलाका युरोपियनहरुले गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जतिलाई चिनिया भनेर परिभाषित गर्ने थिए र यदि त्यस्तो हुँदो हो त नेपालका गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जतिले आफुलाई आज मंगोल नभनी चिनिया भन्ने थिए कि ?

३, मंगोलहरुले चीनमा कब्जा जमाउनु पुर्व चीनमा हान, मान्चु, उइघर, हई, झुआङ्ग आदि चिनिया मुलका जातीहरु रहेको पाइन्छन, जसले आफुलाई मंगोल भन्दैनन् र मान्दैनन् पनि । त्यस्तै गरेर जापानी, कोरियन, तिबेतन, थाई, बर्मिज आदि गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जातीले पनि आफुलाई मंगोल मान्दैनन् । तर नेपालका गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुनेले चाँही कसरी आफुलाई मंगोल ठान्छन र मंगोल हुँ भन्छन, यो एउटा बडो अचम्मको कुरो छ ।

४, मंगोलहरुले चीनमा कब्जा जमाए पनि उनीहरुले चीनमा एक सताब्दी पनि शासन गरेनन, जुन अवधिमा उनीहरुले तिब्बत पार गरेर कहिल्यै नेपाल छिरेनन ।  साथै पश्चिममा अफगानिस्तान भएर उत्तरी पाकिस्तान सम्म आए पनि त्यस भन्दा यता आउन सकेनन, त्यसकारण मंगोलहरुले नेपालमा कहिल्यै खुट्टा टेकेनन् । यस अर्थमा कुन मंगोलका सन्तान परे होलान नेपाली मंगोलहरु रु भनेर यहाँ एउटा यक्ष प्रश्न उठ्छ १

५, मंगोलहरुको वास्तविक इतिहास तिमुजीनले सन् १२०६ मा मंगोल साम्राज्यको स्थापना गरे पछि मात्रै शुरु हुन्छ, त्यो भन्दा पहिले संसारमा मंगोल भन्ने कुनै ईतिहास नै थिएन । तर नेपाल र नेपालीको इतिहास त्यो भन्दा धेरै पुरानो छ । भने पछि हामी पछिको इतिहास हुनेको कसरी हामी सन्तान हुन सक्छौ रु यो त उल्टो कुरो भएन र रु

६, मंगोलहरु जातैले घुडसवार लडाकूहरु हुन् र उनीहरुको यो घुडसवारी परम्परा अझसम्म नै कायम छ । तर नेपालमा घुडसवार लडाकू हुनु त परैको कुरा हो घुडसवार गर्ने परम्परा समेत कुनै जातीमा पाइदैनन् । भने नेपालका मंगोलहरुमा मंगोलहरुसंग सम्बन्ध जोड्ने कुन गुण र परम्परा inherit छ त ? अनुहार मिलेकै आधारमा कुरा गर्ने हो भने चिनिया, जापानी, कोरियन, थाई, फिलिपिनो, भियतनामी, बर्मेलीहरुसंग पनि त मिल्छ १

७, गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जतिलाई मंगोलको बिल्ला त्यसबेलाका युरोपियनहरुले भिराएका हुन् तर गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुँदैमा सबै मंगोल होइनन् । उदाहरणका लागि चाइनिज, जापानी, कोरियन, बर्मिज आदि । यिनीहरुले आफुलाई मंगोल भन्दैनन र मान्दैनन पनि । तर नेपालका गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जातीले चाँही युरोपियनहरुले त्यसबेला लगाई दिएको एउटा Tag का कारण मंगोलहरुसंग गोरु बेचेको साइनो लगाउनु अरु केहि नभएर बाहुनबादको घृणाबाट उपज भएको एउटा तुष मात्रै हो ।

८, नेपालका MNO हरुके मंगोलहरुको उत्पत्ति शिवालिक पर्वतको आसपासमा भएको हो त्यसैले हामी मंगोल हौ भनेर तर्क दिने गरेको पनि पाइन्छ । यसलाई प्रमाणित गर्ने बैज्ञानिक आधार र तथ्यहरु के के छन् रु यदि यो कुरा सत्य हो भने तिनीहरुलाई किन मंगोल भन्ने रु नेपाली वा शिवालिक मानव भनेर भन्नु पर्ने होइन रु अथवा आफुलाई मंगोलको साटो शिवालिक भनेर भन्दा सान्धर्विक हुदैन र रु

९, बैज्ञानिकहरुले मानव उत्पत्ति र विकासक्रमको बारेमा अन्वेन्षण गर्दा जाभा मानव र पेकिङ्ग मानवबाट एशियाली मानवको विकास भएको तर्क पनि दिने गर्छन । यदि नश्ल कै कुरा गर्ने हो भने हामीले मंगोलको बदलामा जाभा वा पेकिङ्ग मानवको नश्लको कुरा गर्दा उचित हुने कुरा होइन र रु यहि कारणले गर्दा चाइनिज, जापानी, कोरियनहरुले आफुलाई कहिल्यै मंगोल भनेर भन्दैनन् । किनकि मंगोल त केवल कालो, गोरो, पहेंलो भनेर चिनाउने पश्चिमाहरुले राखेको एउटा Tag मात्रै हो नश्ल होइन । त्यसैले पश्चिमाहरुले लगाई दिएको Tag को आधारमा हामी मंगोल बर्णको अर्थात् मंगोल जस्तो देखिने जाती हौ भन्न सम्म मिल्ला तर हामी मंगोल हौ भनेर भन्न चाँही कत्तिको उचित छ रु यदि त्यस्तो भन्न मिल्ने हो भने तामांगले आफुलाई राई, राईले आफुलाई गुरुङ, गुरुङले आफुलाई लिम्बु, लिम्बुले आफुलाई मगर भन्दा पनि फरक नपर्ने देखियो १ किनकि हेर्दा खेरि यिनीहरुको अनुहार पनि त मिल्दो जुल्दो छ । तर के यिनीहरुको नश्ल एउटै हो त रु

१०, युरोप तिर अहिले कुन मानव समुदायको भनेर लेख्नु पर्दा White, Black र Asian लेखिन्छ जसमा Asian भित्र पनि Chinese, Japanese, Philipino, Thai, Vietnamese आदि Sub-categories हुन्छन । यस्तै गरेरWhite र Black मा पनि Sub-categories हरु छन् । किनभने सेतो छाला भयो भन्दैमा सबै आर्यन होइनन् । कारण प्राचिनकालमा युराल पर्वतको आसपासका सेता छाला भएका गोराहरुलाई मात्रै आर्यन भनिन्थ्यो । त्यसैको आधारमा जर्मनीका तानाशाह हिटलरले आर्यन नश्लका जर्मनहरु संसारका श्रेष्ठ मानव नश्ल हुन् भनेर सिद्ध गर्न खोजेका थिए ।

त्यसैले उनले अनार्य मानिने लाखौ यहुदीहरुको नरसंहार गरेका थिए । के यहुदीहरु पनि सेतो छाला भएका गोरा होइनन् र रु यदि यहुदीलाई कसैले गोरा होइन भन्छ भने अल्बर्ट आइन्स्टाइन, आइजक न्युटन जस्ता विश्व विख्यात बैज्ञानिकहरु पनि त यहुदी मूल कै थिए, के तिनीहरु गोरा नभएर मंगोल वा निग्रो थिए त रु त्यस्तै गरी फिनल्याण्ड, स्विडेन, नर्वे, डेनमार्क जस्ता स्केण्डेनेभियन देशतिरका प्राचिन गोराहरुलाई भाइकिङ्ग, स्कटल्याण्ड, आयरल्याण्डका प्राचिन गोराहरुलाई केल्टिक, फ्रान्सकालाई गओल, इटालीकालाई ल्याटिन जस्ता नामले चिनिन्थ्यो र आर्यन भनिने समुह पनि युराल पर्वत आसपासको एउटा त्यस्तै समुदायको नाम हो तर सम्पूर्ण युरोपियन गोराहरुको होइन । त्यस्तै गरेर मंगोल भन्ने पनि एसियन समुदाय भित्रको एउटा सानो क्षेत्रको मेर्किट, तारतार जस्तै एउटा जाती मात्रै हो जसको नामलाई चंगेज खानको मंगोल साम्राज्यले गर्दा मात्रै ठुलो बनाएको थियो ।

त्यसैले उहिलेकोMongol, Aryan, Negro भन्ने मानव समुदायको बर्गिकरणको MAN भन्ने Theory डार्विनको Fittest to survive भन्ने सिद्धान्त झैँ Date expire भई सकेको सिद्धान्त हो । डार्विनको fittest to survive भन्ने सिद्धान्तलाई adaptation को सिद्धान्तले बिस्थापित गरे झैँ उहिलेका युरोपियनहरुको MAN भन्ने थ्योरी पनि अहिले बिस्थापित भई सकेको छ १ यहि कारणले गर्दा नै अहिले युरोप अमेरिका तिर नश्ल लेख्नु पर्दा मंगोल, आर्यन, निग्रो भनेर कतै लेखिदैन । केवल white, black, Asian लेखिन्छ र त्यस भित्र पनि थप कगद(अबतभनयचथ जनाएर लेखिन्छ । यदि ःब्ल् को थ्योरी सहि मानिदो हो त नश्ल खुटाएर लेख्नु पर्दा मंगोल, आर्यन, निग्रो भनेर त्यहि अनुसार नै लेखिन्थ्यो होला ।

माथीका यी तथ्यहरुले नेपालका गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक भएका आदिबासी जनजातीहरुको मंगोलहरुसंग कुनै सम्बन्ध रहेको देखाउदैन । यदि नेपालका आफुलाई मंगोल भन्नेहरुको रगतमा तेमुजीनको “खामाग मंगोल” जातीको जीन बग्छ भने मात्रै आफुलाई मंगोल भन्नुले कुनै अर्थ राख्ला होइन भने यसको कुनै अर्थ र औचित्य देखिदैन । जुन कुरा खामाग मंगोलहरुको वर्तमान सन्तान र नेपालका मंगोल हौं भन्नेहरुको म्ल्ब् परिक्षणले मात्रै प्रमाणित गर्ने कुरा हो । त्यसैले गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक भयो भन्दैमा के तपाई मंगोल हो रु के आफुलाई मंगोल मान्नु हुन्छ रु आफै एकपटक विचार गर्नुस १

अन्तमा मेरो यो लेख गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुने जातीको बिरोधमा लेखेको होइन, किनभने म स्वयम् त्यहि समुदाय भित्रको परे तर मेरो आशय के हो भने हामीले आफुलाई मंगोल भनेर परिभाषित गर्न कत्तिको उचित र सान्धर्विक छ रु त्यति कुरा मात्रै चिरफार गर्ने प्रयास गरेको हुँ ।

नेपालमा भएका गोलो अनुहार, चिम्से आँखा, थेप्चो नाक हुनेहरुलाई मंगोल भनेर सम्बोधन गर्नु भन्दा, किरात भन्नु उचित हुन्छ किनकि नेपालमा पौराणिक काल देखि नै किरातहरुको तथ्य सहितको इतिहास पाइन्छ जुन मंगोल इतिहास भन्दा हजारौ बर्ष पुरानो छ । विचार, बुझाई र सोचाई आफ्नो आफ्नो १ सभ्य तरिकाले व्यक्तिगत अभिव्यक्ति दिने अधिकार लोकतन्त्रमा सबैलाई प्राप्त छ र त्यहि अधिकारको प्रयोग गरेर आफुलाई लागेको कुरा यहाँ व्यक्त गरेको मात्रै हुँ, त्यसैले यसलाई कसैले अन्यथा नलिनु होला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org