ताजा समाचार

माइतीघरमा नारा- अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग

काठमाडाैँ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाउन माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।

‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाभियोग, भागवण्डाको गोटीले हत्यारा छुट्यो भेटीले’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर नागरिक समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

प्रधानन्यायाधीश चोलेन्द्र र न्यायाधीश सपना मल्ललाई महाभियोग लगाएर जेल चलाउन गर्न उनीहरूले माग गरेका छन्।

पूर्वडिआइजी रञ्जन कोइरालाको केस र बुढानिलकण्ठमा भएको हिट एण्ड रन केसमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति नागरिक समाजले विरोध जनाएको हो।

असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती मार्ने पूर्वडिआइजी रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्‍याइदिएको थियो। यही फैसलाका आधारमा उनी बिहीबार छुटिसकेका छन्।

त्यस्तै, अदालतले बुढानिलकण्ठ ‘हिट एन्ड रन’ मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

सात महिनाअघि मल्लले मादकपदार्थ सेवन गरेर तीव्र गतिमा चलाएको कारले गोरखा घर भएकी लीला देवकोटालाई फुटपाथमै चढेर ठक्कर दिएपछि उनको मृत्यु भएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org