ताजा समाचार

नाैँ केजी अफिमसहित रुकुम (पूर्व) बाट तीन जना पक्राउ

सर्जना कार्की/ रुकुम पूर्व ।  रुकुम –पूर्व मा लागु औषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।

९ किलो एक सय ग्राम अफिमसहित पुथाउत्तरगंगा गाउँपालिकाका एक पुरुष र दुई महिला गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेह?मा पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मैकोटका ४० वर्षीय अमरजित पून, सोहि ठाउँकी ३४ वर्षीया प्रतीभा पुन र वडा नम्बर ५ हुकामकी ३५ वर्षीया गाइने कामी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम –पूर्व) का प्रहरी नायव उपरिक्षक –डिएसपी) गजुसिद्धी बज्राचार्यले बताए ।

अफिम ओसारपसार हुदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरी टोलीले ९ किलो अफिमसहित उनिहरुलाई पक्राउ गरेको हो ।

पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १२ ओखमा भल्का नयाँ बजारदेखि जामाबगर जाने कच्चि सडकबाट ९ गते साझ उनिहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।
यस्तै उनिह?को साथबाट अवैध लागु औषध नापतौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजुसमेत बरामद गरीएको डिएसपी बज्राचार्यले बताए । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रमरीले जनाएको छ ।

पछिल्लो चरणमा सरकारी सवारी साधनमासमेत लागु औषध ओसारपसार भइरहेको जानकारी प्रहरीमा आएको भन्दै त्यसमाथी पनि शुक्ष्म नीगरानी राखिरहेको डिएसपी बज्राचार्यको भनाई छ । लागु औषधको ओसारपसारमा संलग्न हुने जुनसुकैलाई पनि प्रहरीले कार्बाही गर्ने भन्दै यी क्रियाकलापमा संलग्न नहुन सबैलाई प्रहरीले आग्रह गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org