ताजा समाचार

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार पर्सा वीरगन्जकी १८ वर्षकी युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनको साउन १९ गते मृत्यु भएको जानकारी दिए ।

झाडापखालाको समस्या देखिएर उपचारका लागि नेशनल मेडिकल लैजाने क्रममा मृत्यु पश्चात संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको उनले बताए  ।

त्यसैगरी  वीरगन्ज ११ बस्‍ने ४६ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती पुरुषको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको उनले बताए । खोकीको समस्या  देखिएको थियो ति पुरुषमा साउन १९ गते कोरोना पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल भर्ना भएका थिए ।

ति पुरुष मधुमेहको समेत विरामी रहेको उनले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org