ताजा समाचार

विप्लव नेकपाका जिल्ला सेक्रेटरी रावलसहित ४ जना पक्राउ

रुकुम ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित ४ जना पक्राउ परेका छन् ।

प्रहरीले मुसीकोट नगरपालिका–६ घर भएका ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावलसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, नेकपाका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती छन् । आठबीसकोट नगरपालिका–९, राडीबजारबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

बुधबार राति १० बजे उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । लुकिछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा उनीहरु पक्राउ परेको डिएसपी केसीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org