क्याबिनेटको निर्णय: लकडाउन नहुने, नाकामा कडाइ
काठमाडौं । देश कोरोनाको महामारीबाट आक्रान्त छ ।
यस्तो बेलामा सोमबार बसेको मन्त्रिपरिषद बैठकले जनसरोकारका विषयमा के निर्णय गर्ला भन्नेबारे आम जनमानसमा अधिक चासो देखिनु स्वाभाविकै हो ।
बालुवाटारमा सोमबार साँझ बसेको क्याबिनेट बैठक सकिँदा राति साढे ८ बजिसकेको थियो । कोरोनासँग जुधिरहेका जनतामा मन्त्रिपरिषद बैठकमा निर्णय राति नै पत्रकार सम्मेलन गरेर जानकारी गराइनुपर्ने हो । किनभने, महामारीका बेला तत्काल सूचना पाउनु जनताको अधिकार पनि हो ।
तर, बैठक सकिएपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडा चुपचाप निवासतिर लागे । मुख्यसचिव पनि माइन्युट च्यापेर बाटो लागे, अन्योल कायमै रह्यो ।
महामारीका बेलामा सरकार जनताप्रति कति संवेदनशील छ भन्ने सोमबार साँझको बैठकले स्पष्ट पारेको छ । सरकारका निर्णयहरु अपारदर्शी र गुपचुप हुने विकृत प्रचलन बढ्दै गएको छ ।
सोमबार साँझ बसेको क्याबिनेट बैठकले के-के निर्णय गर्यो त ? यसबारेमा चासो राख्दा एक मन्त्रीले भने, ‘मन्त्रिपरिषदले लकडाउन गर्ने निर्णयचाहिँ गरेको छैन, यसमा ढुक्क हुनुस् ।’
कोरोनाबारे अरु निर्णयहरु चाहिँ के-के भए त ? यातायात चल्ने नचल्ने के भयो ? पसलहरु चल्ने नचल्ने के भयो ? यो प्रश्नमा उनले भने, ‘नियुक्तिबाहेक क्याबिनेटमा भएका अन्य निर्णयहरु भोलि मुख्यसचिवजीले माइन्युटमा सच्याउन पनि सक्नुहुन्छ, त्यसैले अहिले नै यस्तै भयो भन्न मिलेन, भोलि-पर्सितिर थाहा होला ।’
अर्का एक मन्त्रीका अनुसार विभिन्न १० वटा नाकाहरुको आवत- जावतमा कडाइ गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले गरेको सिफारिसअनुसार भदौमा खुल्ने भनिएका हवाइ यातायात, जिमखाना इत्यादि भदौ दोस्रो सातापछि मात्र खुल्नेछन् । साथै त्यसबेला खुल्ने हवाई मार्गबाट दिनमा ५ सयभन्दा बढी यात्रु ओसार्न नदिने गरी सीमा तोकिएको छ । भदौ १ देखि खुल्ने भनिएका सबै क्षेत्र र व्यवसायहरु नखुल्ने भएका छन् ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...