ताजा समाचार

थपिए ६४१ कोरोना संक्रमित, २४ घन्टामा १३४ डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ६४१ संक्रमित थपिएका छन् ।                                                                      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ संक्रमित थपिएका हुन् ।

जसमा २१८ महिला र ४२३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १३४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३३५ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ ।

आइतबारसम्म देशभर सक्रिय संक्रमितको  संख्या ९ हजार २२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख १७ हजार ९०७  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७२४ छन् । आजसम्म देशभर १५ हजार २४३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार  पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org