ताजा समाचार

नेकपा सचिवालय बैठक : बामदेवले उठाए कार्यदलमाथी प्रश्न ?

काठमाडौं । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ‘सहमति’ भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सोमबार बस्यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका छन् ।

एक सदस्यका अनुसार बैठक सुरु हुनासाथ अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक चलाउन आग्रह गरे । उनले त्यसबाहेक थप केही बोलेनन् ।

प्रचण्डले पार्टीमा देखिएको संकट समाधानका लागि अध्यक्षहरुलाई सहयोग गर्न कार्यदल बनाएको र त्यसका आधारमा आफूहरुले प्रस्ताव ल्याउन सक्ने बताए । तर कार्यदलका सदस्यहरुले पनि पार्टी कमिटीबाट जिम्मेवारी दिए सहज हुने बताएको र अरु नेताहरुले पनि त्यही सुझाव दिएकाले बैठक बोलाएको बताए ।

बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदलको विरोध गरे । उनले कार्यदल सचिवालयभन्दा पनि माथि हो ? सचिवालयले निकास दिन नसकेर स्थायी कमिटीका सदस्यहरुको कार्यदल बनाएको हो ? अध्यक्षद्वयले राजीनामा दिने हो ? भनी प्रश्न गरेका थिए ।

उनले कार्यदल गठन गर्न आवश्यक नै नभएको तर्क गरेको एक नेताले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org