ताजा समाचार

काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्कामा नोभेल कोरोना भाइरसका २२४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिएका हुन् ।

उनका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र १४ भक्तपुरमा संक्रमित थपिएका हुन् ।

आइतबार काठमाडौंमा १६६ संक्रमित थपिएका थिए । जसमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ संक्रमित थपिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org