ताजा समाचार

कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसेको मृत्यु

काठमाडौं। कोभिड -१९ संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु भएको छ ।

उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।

उनका भाइ कृष्णराज चालिसेका अनुसार मुटु रोगको उपचार गराइरहेका बेला आज बिहान निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए।

पाँच दिन अघि शहिद गंगालाल अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले बताए । केसीका अनुसार चालिसेको उपचारकै क्रममा कोरोना भाइरस देखिएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org