ताजा समाचार

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, आज एक हजार ६९ जना थपिए

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ६९ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।

आज १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको उनले जनाकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २२ हजार १७८ पुगेको छ।

निको हुने दर ५५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org