ताजा समाचार

नेकपा सचिवालयको निर्णयः वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले एक सिट रिक्त रहेको राष्ट्रिय सभामा उपाध्यक्ष वामदेव गौतमलाई  सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि साँझ पौने ६ बजेसम्म बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीभित्र अर्थमन्‍त्री युवराज खतिवडाको निरन्तरता वा गौतमको नाम सिफारिस गर्ने भन्ने विषयमा चर्को बहस भएको थियो ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष  गौतम को हुने भन्ने बारेमा दुई अध्यक्षबीच कुरा मिल्न सकेको थिएन । बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले गौतमको नाम सिफारिस गर्ने प्रस्ताव बैठकमा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org