ताजा समाचार

अर्थमन्त्री खतिवडाले अपराह्‍न ४ बजे राजीनामा दिने

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार साँझसम्म राजीनामा दिने बताएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले शुक्रबार अपराह्‍न ४ बजे पदबाट राजीनामा दिने बताएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षे कार्यकालको समीक्षा गरेका थिए । यसबीचमा आर्थिक अनुशासन र अर्थतन्त्रको सुधारमा उल्लेख्य प्रगति हासिल गर्न सकेको कार्यानुभव सुनाएको ती मन्त्रीको भनाइ छ ।

मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सात महिने कार्यानुभव पनि सुनाएका थिए ।

आजको मन्त्रिपरिषद् बैठकले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो । तर, त्यसबारे मन्त्रिपरिषद्‍मा प्रस्ताव नआएको अर्का मन्त्रीले जानकारी दिए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org