ताजा समाचार

बुटवल कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु

काठमाडाैँ । रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।

गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११: १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । उनका अनुसार मृतक १५ गते अस्पताल आएका थिए ।

उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा थापाले जनाए ।

यसैगरी, शनिबार बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको डा थापाले बताए । शुक्रबार रातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताए । अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org