ताजा समाचार

पुलचोक झडप : कोरोना देखिएपछि पक्राउ परेका ७ जनालाई छाेडियो

काठमाडाैँ । रातो मत्स्येन्द्रनाथको रथ यात्राको क्रममा प्रहरीसँगको झडपपछि पक्राउ परेका थप ७ जना छुटेका छन्।

६ जनालाई कोरोना संक्रमण र अर्का एकजना पनि बिरामी भएकाले सोमबार उनीहरुलाई छाडिएको हो।

उनीहरुलाई कागज गराएर हाजिरी जमानिमा छाडिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी सन्तोष तामाङले बताए।

यसअघि ३ जनालाई सोधपुछपछि छाडिएको थियो। पक्राउ परेका २० मध्ये १० जना छुटेका छन्।

यीमध्ये १७ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा लगाइएको छ। पक्राउ परेका केहीको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ।

उनीहरुलाई छाड्न नेवार सामुदायले सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा धर्ना दिएका थिए।

धर्नाका क्रममा पक्राउ परेका सबैलाई निशर्तः छाड्न माग गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले लाई बताए।

‘हामीले सीडीओ, एसएसपीलाई भेटेरै आज अनुरोध गरेका छौं, तर प्रक्रिया पु¥याउनु पर्ने होला, उहाँहरुले मिलाएर गरौंला भन्नु भएको छ’, प्रशासनसँगको छलफलपछि महर्जनले भने ।

गत बिहीबार प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रशासनले त्यसलाई रोक लगाएको थियो। त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। झडपमा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए।

स्थानीयले एक ट्राफिक जवानलाई निर्घात कुटपिट समेत गरेका थिए। घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org