ताजा समाचार

ओली–प्रचण्ड सहमति : सन्तुलित मन्त्रिपरिषद्, कात्तिकमा केन्द्रीय समिति, परिमार्जनपछि मात्रै एमसीसी(पूर्ण पाठ)

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् ।

कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई केही परिमार्जन गरेर प्रस्तावको रूपमा तयार पारेका हुन् । अध्यक्षद्वयले तयार पारेको प्रस्ताव भदौ २६ गते स्थायी कमिटी बैठकमा पेस हुनेछ ।

पूर्ण पाठमा कार्यदलको सुझावलाई केही परिमार्जन गरिएको छ । हेरफेर गरिएको सुझावमा प्रचण्डको भूमिकालाई थप प्रष्ट बनाइएको छ । ओली–प्रचण्डले पेस गरेको प्रतिवेदनमा प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने भनेर ओलीको भूमिकालाई प्रष्ट बनाइएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने । यसअघि प्रयोग गरिएको मूलतः भन्ने शब्द हटाइएको छ ।

पार्टी र सरकार वीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गने पार्टीको काममा प्रचण्डले ओलीसँग समन्वय गर्ने र सरकारको काममा ओलीले प्रचण्डसँग समन्वय गर्ने भनेर किटान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org