ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै : कुलमान र वामदेवबारे के होला निर्णय?

काठमाडौं । आज साँझ मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ।

बैठक ५ बजे बस्ने तय भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाइले जानकारी दिए।

बालुवाटारमा बस्ने बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्नेछ। कुलमान घिसिङको कार्यकाल आइतवारबाट सकिएको छ।

उनी नै दोहोरिने सम्भवना रहेको छ। तर, कार्यकारी निर्देशक नियुक्तिबारे मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। मन्त्रालयले प्रस्ताव तयार गरी सके पनि  एकपटक रोकिएको स्रोतले बतायो।

प्रधानमन्त्री केपी शर्मा ओलीको मनस्थिति बुझेपछि मात्रै उर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लैजाने मन्त्रस्थिति बनाएका छन्। पुनले घिसिङलाई नै दोहोर्‍याउने प्रस्ताव लाने तयारी गरेका छन्।

‘मन्त्रिपरिषद्मा प्रस्ताव गइसकेको छैन। आजको मन्त्रिपरिषद् बैठकमा सिइओबारे छलफल चाहि हुन्छ,’ बालुवाटार स्रोतले भन्यो।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय हुने बताइएको छ।

नेकपाको १८ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर, त्यसपछि मन्त्रिपरिषद् बैठकमा गौतमबारे छलफल भएको थिएन।

प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्बाट निर्णय हुने बताएका थिए।आजको बैठकमा गौतमबारे निर्णय हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेले आइतवार कार्यकाल पूरा भएर बिदा भएका छन्। रिक्त आयुक्तका विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय लिन सक्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org