ताजा समाचार

मन्त्रिपरिषद्को बैठकः कार्यसूचीमा परेन वामदेव र कुलमान नियुक्तिको एजेण्डा

काठमाडाैँ । आज सोमबार साँझ बस्ने मन्त्रिपरिषदको कार्यसूचिमा सर्वत्र चासोको रुपमा हेरिएका दुई नियुक्तिका प्रस्ताव परेका छैनन्।

आज बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुर्नर्नियुक्ती गर्ने अनुमान गरिएको थियाे। तर मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीहरुलाई अपरान्ह पठाइएको बैठकको कार्यसूचिमा सो एजेन्डा राखिएको छैन।

त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई गर्ने भनिएको सिफारिशको विषय पनि सो कार्यसूचिमा नरहेको एक मन्त्रीले  बताए।

‘अहिले पठाएको कार्यसूचिमा गौतम र घिसिङ दुवैको नियुक्तिको विषय रहेनछ, प्रधानमन्त्रीबाट ठाडो प्रस्ताव आएर निर्णय गर्ने तयारी भए त्यो पछि नै थाह होला,’ ती मन्त्रीले भने।

पहिलो कार्यकालमा विद्युत प्राधिकरणमा व्यापक सुधार गरेका घिसिङको दोस्रो कार्यकालका लागि पुनः नियुक्ति हुन्छ हुँदैन भनी सर्वत्र चासोका रुपमा हेरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनपहिले बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा रिक्त पदमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने आफ्नो तयारी रहेको जानकारी गराएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org