प्रवक्ता श्रेष्ठ प्रति प्रधानमन्त्रीका सल्लाहकार थापाको कटाक्षः ‘नजाने गाउँको बाटो सोध्ने झमेलामा रुचि छैन’
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनुपर्ने विषयमा बहस जारी छ।
कुलमानको पक्षमा नागरिकस्तरबाट खुलेरै समर्थन छ। कतिपयले घिसिङलाई अर्को उपयुक्त स्थान दिएर प्राधिकरणमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने पनि सुझाइरहेका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकमा कुलमानलाई लिएर निर्णय हुन सक्ने अनुमान गरिएको थियो। तर बैठकले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकलाई लिएर कुनै निर्णय गरेन।
यता बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले घिसिङको पुनः नियुक्तिमा आफू विश्वस्त रहेको बताएका थिए। ट्वीटरमा श्रेष्ठले घिसिङको योगदान प्राधिकरणमा अझै आवश्यक रहेको पनि बताएका थिए।
बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् , त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आबश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा बिस्वस्त छु ।
— NKShresthaPrakash (@nksthaprakash) September 14, 2020
तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा पार्टी प्रचार विभाग उपप्रमुख समेत रहेका सूर्य थापाले भने श्रेष्ठले ट्वीटरमार्फत दिएको अभिव्यक्तिको आलोचना गरेका छन्। श्रेष्ठ पार्टी प्रचार विभागका प्रमुख समेत हुन्।
थापाले आइतबारमात्र बिदाइ भएका घिसिङको पक्षमा खुला लबिङ गरेको भन्दै थापाले श्रेष्ठको आलोचना गरेका छन्। थापाले कुलमानको पक्ष वा विपक्षको बहसलाई नजाने गाउँको बाटो सोध्ने झमेला समेत भनेका छन्।
१.कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आआफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने…
Posted by Surya Thapa on Monday, September 14, 2020
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...