‘प्राधिकरणमा कुलमानको पुर्ननियुक्तिको संभावना जिवितै छ’ -उर्जा मन्त्री पुन
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सेवा अवधि पुरा गरेर विदा भएका कुलमान घिसिङ नै दोहोरिने संभावना जिवित रहेको बताएका छन् ।
मन्त्री पुनले घिसिङलाई निरन्तरता दिनका लागि प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर आफूले गत आईतबार नै प्रस्ताव गरिसकेको बताए
। ‘उहाँहरु दुवैजनासँग सल्लाहा गरेर आईतबार नै मन्त्रालयले निरन्तरताका लागि प्रकृया पूरा गरिसकेको थियो । सोमबारको बैठकमा यसबारेमा प्रधानमन्त्रीज्यूले केही चर्चा गर्नुभएपनि प्रस्तावको रुपमा आएन । मन्त्रिपरिषदमा दर्ता भएको ऊर्जा मन्त्रालयको प्रस्ताव विचाराधिन छ । अध्ययनका लागि प्रधानमन्त्रीज्यूले केही समय लिनुभएको पनि हुन सक्छ ।
अहिले पनि प्राधिकरणमा कुलमानको पुनःनियुक्तिको संभावना जिवितै छ ।’ ऊर्जा मन्त्रालयले घिसिङको निरन्तरताका लागि प्रस्ताव तयार गरेर सोमबार अबेर विद्युतीय माध्यमबाट तथा हार्ड कपी समेत मन्त्रिपरिषदको कार्यालयमा दर्ता गराएको थियो । बिहिबार मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गा चापागाँईले समेत सामाजिक संजाल फेसबुकमा यसबारे स्पस्टीकरण लेखेका छन् ।
उनले भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ ।
अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’ सरकारले सोमबारको बैठकमा घिसिङलाई निरन्तरता दिने निर्णय नगरेपछि सामाजिक सन्जाल तथा नागरिक समाजको बृत्तमा सरकारको आलोचना भईरहेको छ । राम्रो काम गर्ने मान्छेलाई सरकारले पहिचान गर्न नसरेको उनिहरुको भनाई छ ।
Comments
अरु समाचार
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...