ताजा समाचार

राष्ट्रिय सभामा मनोनित वामदेव गौतमको ४ बजे शपथ ग्रहण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्।

सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतम मनोनित गरेकी हुन्।

राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार दिउँसो ४ बजे हुँदैछ। गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिनेछन्। सिंहदरबारमा शपथ गराउने गरी तयारी भएको सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org