ताजा समाचार

दुई हजार २० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६१,५९३

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २०  संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३  रहेको छ ।

पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२०  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३६  जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ६१ हजार ९९३ पुगेको छ ।

आइतबार देशभर एक हजार ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी यही अवधिमा देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरबाट एक हजार १७३ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

सोमबार देशभर एक हजार १७० कोरोना भाइरस संक्रमित थपिएका थिए । सोही अवधिमा देशभरबाट ९७९ जना डिस्चार्ज भएका थिए भने १५ जना संक्रमितको मृत्यु भएको थियो ।

मंगलबार कोरोना भाइरसका एक हजार ४५९ संक्रमित फेला परेका थिए भने एक हजार ६२ जना डिस्चार्ज भएका थिए । सोही अवधिमा देशभर कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको थियो ।

बुधबार देशभर कोरोना भाइरसबाट एक हजार ५३९ संक्रमित थपिएका छन् । त्यसैगरी सोही अवधिमा एक हजार ६८ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु छ ।

बिहीबार देशभर एक हजार २४६ कोरोना संक्रमित थपिए भने एक हजार २४३ कोरोना संक्रमितको उपचारपछि विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी सोही अवधिमार चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org