ताजा समाचार

नेकपा सचिवालय बैठक: मन्त्रिपरिषद् पुनर्गठन गरिने, नाममा प्रवेश भएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ ।                                                                                पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको थियो । “यसबारेमा नीतिगत छलफल भएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।”

उनका अनुसार व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश गरिएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org