ताजा समाचार

ललितपुरमा दुईजना कोरोना संक्रमितको निधन

काठमाडौं । ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

उनी भदौ ६  गते अस्पताल भर्ना भएका थिए।  यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा आज बिहान सवा २ बजे मृत्यु भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org