ताजा समाचार

काठमाडौंका सबै प्रहरीलाई मानवअधिकार रक्षाको कक्षा

काठमाडौं । पछिल्ला केही घटनामा दमन गरेको भन्दै आलोचित भएपछि काठमाडौं उपत्यकाका सबै प्रहरी कर्मचारीलाई मानवअधिकारबारे प्रशिक्षण दिन सुरु गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणका लागि एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली खटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।

उनका अनुसार नागरिक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिन सुरु गरिएको छ । पहिलो दिनको प्रशिक्षण प्रहरी वृत नयाँबानेश्वरबाट सुरु गरिएको छ । डीआईजी पोखरेलले भने,“कोरोना संक्रमणको जोखिममा ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मानसिक समस्या देखिन थालेका छन् । यस्तोमा उनीहरुलाई कसरी तनाव व्यवस्थापन गर्ने,पूर्ण व्यावसायीकताका साथ काम गर्ने भन्नेबारे पनि सिकाउँछौं ।”

केही दिनअघि कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः नियुक्तिको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । कुटपिटपछि प्रहरीको व्यापक आलोचना भइरहेको छ ।

डीआईजी पोखरेलले नागरिक र प्रहरीबिचको सम्बन्ध सदैव सकारात्मक हुनुपर्ने बताए । काठमाडौंका विभिन्न स्थानमा प्रहरीले गरेको दमनको विरोध भएपछि छानविनका लागि एसएसपी किरण बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org