ताजा समाचार

काठमाडौँबाट हेटौँडा जाँदै गरेको स्कार्पियो पहिरोमा पुरियो

काठमाडौं। काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा पुरिँदा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले स्कार्पियो पुरिँदा चालकको मृत्यु भएकाे बताए। उनले मृतक चालकको सनाखत नभएको जानकारी दिए।

प्रवक्ता रानाका अनुसार सोही पहिराेमा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेको नाम खुलेको छैन।

उक्त पहिराेले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पुर्याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org