आइपीएल : चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
काठमाडाैँ । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ।
शुक्रबार राति भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ४४ रनले पराजित गर्दै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको हो। यता, महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइको प्रतियोगितामा लगातार दोस्रो हार हो।
दिल्लीसँग पनि हार ब्यहोरेपछि चेन्नई यतिखेर तालिकाको पाचौं स्थानमा झरेको छ। दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नइले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो। उसका लागि फाप डुप्लिसिसले सर्वाधिक ४३ रन बनाए। दिल्लीका लागि कागिसो राबाडाले तीन विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७५ रन जोडेको थियो। बलियो शुरूवात गरेको दिल्लीका लागि शिखर धवन र पृथ्वी शाले पहिले विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। शिखर धवन २७ बलमा ३५ रन बनाउँदै आउट भए। टिमको स्कोर १०३ रन पुग्दा पृथ्वी पनि व्यक्तिगत अर्धशतकीय पारी खेलेर ६४ रन बनाउँदै पेभेलियन फर्किए।
त्यसपछि विकेटकिपर व्याट्स्म्यान ऋषभ पन्त र कप्तान श्रीयस ऐयरले ५८ रनको साझेदारी गरे। टिमको स्कोर १६१ रन हुँदा ऐयर २६ रन बनाएर आउट भए। ऋषभ पन्त ३७ रनमा नटआउट रहे। चेन्नाईका पिउस चावलाले दिल्लीको २ विकेट लिए। शनिवार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिष्पर्धा हुनेछ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...