ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी : के होला निर्णय ?

काठमाडौं ।  मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा केहीबेर अघि मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आकस्मिक बैठकबाहेक मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुको लागि यो बैठक अन्तिम हुन सक्ने भएकाले अन्यथा नलिन आग्रह गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोको रुपमा हेरिएको छ। तर नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा अझै सहमति जुटिसकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org