ताजा समाचार

विराटनगरमा तय गरिएको कक्षा ११ को परीक्षा स्थगन

काठमाडाैँ  । कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको विराटनगरमा संचालन गर्ने तय गरिएको कक्षा ११ को परीक्षा स्थगन भएको छ ।

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुमा परीक्षा संचालन गर्ने भन्दै परीक्षाको तालिका नै सार्वजनिक गरिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले परीक्षा नगर्ने निश्कर्ष निकालेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले परीक्षा स्थगनको निर्णय भने जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले गर्ने जानकारी दिएका छन् । सोमबार भएको छलफलको निश्कर्ष अहिलेको कोरोना माहामारीको विषम परिस्थितिमा परीक्षा उपयुक्त नभएको सुनाए ।

उच्च माविहरुले चाडबाडको बेला शुल्क अशुल्ने अभिप्रायले नै परीक्षा लिन खोजेको भन्दै यसको चर्को आलोचना भएको थियो । महानगर क्षेत्रभित्रका उच्च माविहरुमा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्मको लागि परीक्षाको तालिका सार्वजनिक गरिएको थियो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर विद्यार्थीको मनोभावना अनुसार नै परीक्षा लिने तयारीमा रहेको दाबी गरे ।

अभिभावकहरुले भने जर्बजस्ती र छलफलबिनै परीक्षाको तालिका सार्वजनिक गरिएकोले आफ्ना छोराछोरी सहभागी गराउन र शुल्क तिर्न नसक्ने भन्दै विरोध गरेका थिए । विद्यार्थीेले समेत विरोध जनाएपछि यो निर्णयबाट पछि हट्न महानगर बाध्य भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org